नमस्कार ।।           मेरो वेभ पेजमा तपाइलाइ हार्दिक स्वागत छ ।           यो पेज तपाँइहरुको पनि हो, यदी यहाँ पनि आप्नो अमुल्य रचनाहरुलाइ यस पेजमा समाबेश गर्न चाहनुहुन्छ भने हृदय देखीको स्बगत छ ।          धन्यवाद ।    युवराज कुमार के.सी . ।।        

 मुख्य पेज  फोटो एल्बम भित्र जानुहोस् मेल पठाउनहोस् साथीहरुसंग को सहकार्य नेपाली पत्रिकाहरु मनोरन्जन वेभहरु साप्ताहिक पत्रिकाहरु युबराज हाई५ नेपाल तथा अन्य देशका मुद्रा
           

March 28, 2007

गजल

Filed under: poem

च्ाोरिएका ति दर्ुइपलका एकसाथ सुन्दर
मग्न रहने हजार ताराहरुको रात सुन्दर
मुक ओष्ठ,मदहोशी नजर, जामको कुरा
पिउने अनि पिलाउनेको हर मात सुन्दर
मधुमय रसका प्याला बनेका रात सित
अमर र अनमोल प्रितका शुरुवात सुन्दर
संभोग, ठिहिराउने ‘हावा’ अनि गर्मीको
व्यस्त चलायमान त्रि्रोमेरो हात सुन्दर
चोरिएका ति दर्ुइपलका एकसाथ सुन्दर
मग्न रहने हजार ताराहरुको रात सुन्दर
रचना बि. आर. मल्ल

Filed under: poem

अन्यायको बिरोधमा लडने म
अन्याय नै सहेर बसीरहे छु
आप-नो भनेर सम्पर्ूण्ा सुम्पिदिने म
आफन्तबाटै धोका खाईसकेको छु
ब्रहमचश्य जिवन बिताउन चाहने म
संसारिक मोहजालमा फसिसकेको छु
जिन्दगीलाई रोमान्सको क्षण सम्झने म
यस्ौलाई धिर्कादै बसीरहेछु
धनि र सामान्तीहरुलाई घृनागर्ने म
यिनै संग हात फिजाई भिख मागी रहेछु
सुख र दुःखको अनुभव नलिएका म
आज समस्या पिडा र बेदनाले रुमलिएको छु

March 18, 2007

जीवन

Filed under: poem

समयको चक्रसगै घुमीरहेछ जीवन

कहीले सयोग कहीले बियोग भैरहेछ जीवन

अतितले बर्तमान मा याद दिदा

आफ्नै सामु छ टपटाएर मुर्छित भैरहेछ जीवन

जीवन का मार्गहरु मा काडा आफै रोपिदिदा

गाह्रो भो अघी बढन रोईरहेछ जीवन

स हि मार्ग छनौट गरी हीडछु भन्दा

सधैं भरि अस्फलतमा रुम लिए छ जीवन

दोष दिने ठाउँ छैन निर्णेय गलत गरिदिदा

आफै भित्र आगो बली जली रहेछ जीवन

भबिषयका सपनमा बर्तमान ले दाग लाग्दा

आश्रु भेल म डुबेर निभिरहेछ जीवन

March 1, 2007

विश्वास

Filed under: poem

गाह्रो भएछ विश्वास गर्नलाई यहा

विश्वासी आत्माहरुमा बज्र प्रहार गर्नेहरुसंग

 भित्रभित्रै अन्तरघातको चत्रब्यू रच्नेहरुसंग

मित्रताका नाममा सत्रुको व्यवहार गर्नेहरुसंग

शंकै शंकामा लंका जलाउनेहरुसंग

कठिन भएछ मित्रको परिचय दिन पनि यहा

निर्मल भावनाहरुलाई उपशंकाले हेर्नेहरुसंग

कुविचारको भारी बोकि सुविचारको परिचय दिनेहरुसंग

आफैले आफुलाई नचिन्नेहरुसंग

गाह्रो भएछ बोल्नलाई पनि यहा

अर्थको अर्नथ लगाउनेहरुसंग

गाह्रो भएछ विश्वास गर्नलाई यहा

 कठिन भएछ मित्रताको परिचय दिन पनि यहा